कुम्भ मेलाबाट फर्कि‌एका सप्तरीका तीनसहित चार नेपालीको गाडी दुर्घटनामा मृत्यु

लालबन्दी : प्रयागराजस्थित कुम्भ स्नान गरेर फर्किएका चार नेपालीको गाडी दुर्घटनामा मृत्यु भएको छ।

उत्तर प्रदेशको बाँसगाउँ थाना क्षेत्र अन्तर्गत गोरखपुर लिंक रोडमा ट्रयाक्टरको ट्रलीमा ठोक्किएर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो।

उत्तर प्रदेशका गोरखपुर लिङ्क रोडमा गए राति भएको दुर्घटनामा कञ्चनरूप नगरपालिका– ७ का ६५ वर्षीय परशुराम चौधरी, ६४ वर्षीया लिलावती चौधरी, वडा नम्बर– ५ की ५५ वर्षीया हरिहर वती यादव र उनकी भाउजू सुनसरीको कुशहा गाउँपालिका– १ की समतोलियादेवी यादवको मृत्यु भएको कञ्चनरुप नगरपालिका– ७ का वडाध्यक्ष समानन्द चौधरीले बताए ।

सोही गाडीमा सवार लिलावतीका श्रीमान् कञ्चनरुप नगरपालिका १ स्थित लक्ष्मीनारायण माध्यमिक विद्यालय वैरवाका शिक्षक उपेन्द्र नारायण चौधरी, वडा नम्बर ७ कै लालुदेवी यादव, वडा नम्बर ५ का जीतु यादव, मुकेश यादव, उदयपुर निवासी उपेन्द्रका बहिनीज्वाई र चालकसहित ६ जना घाइते भएका छन् । उनीहरूको गोरखपुर अस्पतालमा उपचार भइरहेको छ ।

तीन जना मृतकका छोरा शव लिन तीन वटा एम्बुलेन्स लिएर गोरखपुरतर्फ आज प्रस्थान गरेका वडा अध्यक्ष चौधरीले जानकारी दिए ।

सम्बन्धित समाचार

सबै