
लालबन्दी : लालबन्दी नगरपालिकास्थित वडा नम्बर ७ मा बनेको नवनिर्मित व्यावसायिक भवन उद्घाटनका लागि नगरपालिकाले राजनीतिक दलहरूलाई निमन्त्रणा गरेको छ।
फागुन १२ गते हुने उद्घाटनका लागि नगरपालिकाले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपालगायत दलहरूलाई उपस्थितिका लागि अनुरोध गरेको छ।
सहरी विकास तथा भवन निर्माण विभागबाट बनेको उक्त भवनलाई उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमानसिंहले उद्घाटन गर्ने कार्यक्रम रहेको नगरपालिकाले एक सूचना जारी गर्दै जानकारी गराएको हो ।
१२ गते सोमबार उक्त भवन उद्घाटन हुने जनाइएको छ।