सर्लाही : मोटरसाइकल दुर्घटनामा परेका घाइतेको चार दिनपछि मृत्यु

गोडैता : चार दिनअघि मोटरसाइकल दुर्घटनामा परेर गम्भीर घाइते भएका एक चालकको उपचार क्रममा मृत्यु भएको छ ।

मंगलबार बेलुका बागमती नगरपालिकाको सोल्टीबाट बरहथवा जाँदै गर्दा बागमती नगरपालिका–१० बस्ने ४० वर्षीय द्रोणप्रसाद आचार्य र पछाडि सवार सोही ठाउँका ४० वर्षीय अशेष महतो घाइते भएका थिए ।

ना. ३१ प. ५०३३ नम्बरको मोटरसाइकलमा सवार उनीहरू दुर्घटनामा पर्नुको कारण तीव्र गति भएको प्रहरीले जनाएको थियो। गुडिरहेको मोटरसाइकल सडकबाट खेतमा पस्दा आचार्य र महतो घाइते भएका थिए ।

घाइतेमध्ये चालक आचार्यको उपचार चितवनस्थित भरतपुर अस्पतालमा भइरहेको थियो। त्यहाँबाट थप उपचारका लागि काठमाडौं लैजाने क्रममा बाटोमा नै उनको मृत्यु भएको प्रहरी चौकी राजघाटले जनाएको छ ।

आचार्यको शव आज प्रादेशिक अस्पताल मलंगवामा ल्याएर पोस्टमार्टमपछि परिवारले बुझेका छन्।

ढाडमा चोट लागेर घाइते महतो भने प्राथमिक स्वास्थ्य केन्द्र बरहथवामा उपचारपछि डिस्चार्ज भएका छन्।

सम्बन्धित समाचार

सबै