अवैध रूपमा सञ्चालित सर्लाहीका २ वटा अस्पताल बन्द गराइयो

लालबन्दी – अवैध रूपमा सञ्चालित सर्लाहीका दुई अस्पताल बन्द गरिएका छन्।

मधेस प्रदेश सरकारले शनिबार सर्लाही जिल्लामा २ वटा निजी अस्पतालको अनुगमन गरेको थियो। ती दुई वटै अस्पताल अवैध रूपमा सञ्चालनमा रहेको पाइएको हो ।

दयन्ती हस्पिटल प्रालि र सर्लाही जीवन हेल्थ केयर प्रालिले अनुमति नलिई सञ्चालन गर्दै गरेको पाइएपछि तत्काल बन्द गर्न निर्देशन दिइएको छ।

प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको नेतृत्वमा स्वास्थ्य मन्त्री शत्रुधनप्रसाद सिंह सहितको टोलीले शनिबार सर्लाहीको हरिवनस्थित अस्पतालहरूको अनुगमन गरेको थियो ।

मापदण्ड पूरा नगरी सञ्चालन भएका अस्पतालहरूमा भौतिक पूर्वाधार, आवश्यक औषधि र उपकरणहरूको पर्याप्त व्यवस्था नभएको पाइएको छ ।

प्रदेश सरकारले अवैध रूपमा सञ्चालन भइरहेका अस्पतालहरूलाई कानुनी प्रक्रिया पूरा नगरेसम्म पुनः सञ्चालन गर्न अनुमति नदिने निर्णय गरेको छ । यसका साथै, सरकारले निजी अस्पतालहरूको अनुगमनलाई तीव्र बनाउने र यसले स्वास्थ्य सेवामा सुधार ल्याउने उद्देश्य राखेको जनाएको छ ।

सम्बन्धित समाचार

सबै