लालबन्दीमा कारको ठक्करबाट निलगाई मर्‍यो

लालबन्दी : पूर्व-पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको लालबन्दीमा आज बिहान गाडीको ठक्करबाट एउटा निलगाई मरेको छ।

लालबन्दी नगरपालिका–९ स्थित डिभिजन वन कार्यालय नजिक नवलपुरबाट लालबन्दीतर्फ आउँदै गरेको प्रदेश ३-०१-०२२ च. ३७४९ नम्बरको कारमा ठोक्किँदा निलगाई मरेको हो।

आज बिहान करिब ९ बजे भएको दुर्घटनापछि कार चालक फरार छन्।

मरेको निलगाई र दुर्घटनामा परेको कार डिभिजन वन कार्यालयमा ल्याइएको वन अधिकृत सागर बस्यालले जानकारी दिए।

सम्बन्धित समाचार

सबै