
लालबन्दी : सर्लाहीको लालबन्दी र ईश्वरपुर नगरपालिका क्षेत्रमा बुधबार विद्युत् अवरुद्ध हुने भएको छ।
ईश्वरपरपुर नगरपालिकास्थित पूर्वपश्चिम राजमार्गनेर ११ केभी लाइनको पोल सार्नुपर्ने भएकाले विद्युत् अवरुद्ध हुने नेपाल विद्युत् प्राधिकरण लालबन्दी वितरण गर्ने जनाएको हो।
बिहान ९ बजेदेखि बेलुका ४ बजेम्म लालबन्दी वितरण केन्द्रअन्तर्गत लालबन्दी फिडरबाट सञ्चालित विद्युत् रानीगञ्ज र फुलजोर क्षेत्रमा अवरुद्ध हुने प्राधिकरणले जनाएको छ। काम अगाडि नै सम्पन्न भए समयभन्दा अगावै विद्युत् लाइन सुचारु हुने पनि वितरण केन्द्रले जनाएको छ।