
हरिपूर्वा : मोटरसाइकल दुर्घटमा परी घाइते भएका चालकको उपचार क्रममा मृत्यु भएको छ।
हरिपूर्वा नगरपालिका २ मा फागुन २७ गते दिउँसो भारतीय मोटरसाइकल बीआर. ३० के १०४७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा पर्सा गाउँपालिका २ संग्रामपुरका घाइते २२ वर्षीय कमलराज अन्सारीको उपचार क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
हरिपूर्वाबाट संग्रामपुरस्थित घर जाँदै गरेका अन्सारी दुर्घटनामा परेका थिए। उनको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको थियो ।
उपचारका लागि जानकी अस्पताल महोत्तरी लगिएका उनको त्यहीँ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको हो।
अन्सारीको शव आज बिहान प्रादेशिक अस्पताल मलंगवामा पोस्टमार्टमपछि परिवारलाई बुझाइएको छ।