प्रहरीमा जागिर लगाइदिन्छु भनी ठगी गरेको आरोपमा लालबन्दीबाट एक महिला पक्राउ

लालबन्दी : नेपाल प्रहरीमा जागिर लगाइदिने प्रलोभन देखाई लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा सर्लाही प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा लालबन्दी नगरपालिका–१७ की ३२ वर्षीया लक्ष्मी कुमारी महतो रहेकी छन् । हरिपूर्वा नगरपालिका–५ का शिवम कुमार यादवसँग पटक-पटक गरी कुल २ लाख ७५ हजार रुपैयाँ ठगेको उजुरी परेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

पीडित यादवका दाजु सिपिन्द्र प्रसाद यादवले ठगी तथा आपराधिक विश्वासघातको जाहेरी दिएका थिए। जाहेरीका आधारमा अनुसन्धान अघि बढाउँदै २०८१ साल चैत्र ३ गते महतोलाई पक्राउ गरिएको हो।

जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर घटनाको विस्तृत अनुसन्धान भइरहेको सर्लाही प्रहरी कार्यालयले जनाएको छ।

सम्बन्धित समाचार

सबै