जनज्योति बहुमुखी क्याम्पस लालबन्दीमा अनेरास्ववियुका समीर सिंह विजयी

लालबन्दी : जनज्योति बहुमुखी क्याम्पस लालबन्दीमा अनेरास्ववियुका तर्फबाट अध्यक्षमा उम्मेदवारी दिएका समीर सिंह विजयी भएका छन्।

समिरले ४ सय १० मत पाए भने नेपाल विद्यार्थी संघका निर्मल अधिकारीले ३ सय २५ मत पाए। 

सचिवमा अनेरास्ववियुकी रोशना पोखरेल ४ सय मत ल्याएर विजयी भइन्। उनका प्रत्यासी नेवि संघका अरविन्द साहले ३ सय २३ मत पाए। 

कोषाध्यक्षमा अनेरास्ववियुकी निकि कुमारी ३ सय ७३ मत ल्याएर विजयी बन्दा प्रतिस्पर्धी रितिका चौधरीले ३ सय ४४ मत ल्याइन्।

सभापति समीर सिंह एमाले अखिल र माओवादी निकट अखिल क्रान्तिकारीको संयुक्त प्यानल बनाएर निर्वाचनमा होमिएका थिए।

सम्बन्धित समाचार

सबै