सहकारीका कर्मचारीबाट ८० लाख लुटेको आरोपमा २ जना पक्राउ

जनकपुरधामः सहकारी कर्मचारीको साथमा भएको ८० लाख रुपैयाँ लुटेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

लुटपाटमा संलग्न देखिएको भन्दै प्रहरीले जनक महतो र श्रवण कापरलाई पक्राउ गरेको हो।

यही २४ वैशाखमा धनुषाको सबैला १२ रघुनाथपुरको शुभश्री बचत तथा ऋण सहकारीका कर्मचारी वीरेन्द्रकुमार महतोको साथबाट उक्त रकम लुटपाट भएको थियो।

मोटरसाइकलमा आएका उनीहरूले हतियारधारीले जनकपुरधाम १९ मा पेस्तोल देखाएर ८० लाख लुटेका थिए। उनीहरूबाट केही रकम प्रहरीले बरामदसमेत गरेको जनाएको छ।

सहकारी कर्मचारी महतोले जनकपुरस्थित हिमालयन बैङ्कबाट रकम झिकेर मोटरसाइकल चढेर रघुनाथपुरतर्फ गइरहेको अवस्थामा पिछा गर्दै मोटरसाइकलमा आएका तीन जनाको हतियारधारीले बन्दुक देखाएर आफूसँग भएको सो रकम लुटेर फरार भएको बताएका थिए।

लुटेरा समूहले बन्दुक देखाएर कुटपिट गर्दै आफूसँग ब्यागमा भएको रकम लुटेर लगेको उनले जानकारी दिएका थिए।

सम्बन्धित समाचार

सबै