रौतहट : जनज्योति क्याम्पसमा अनेरास्ववियुको नमिठो हार, नेविसंघको प्यानल नै विजयी

चपुर: रौतहटको जनज्योति बहुमुखी क्याम्पसमा नेविसंघको प्यानल नै निर्वाचित भएको छ।

चन्द्रनिगाहपुरस्थित क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेपाल विद्यार्थी संघ (नेविसंघ) को प्यानलले ठूलो मतान्तरको जित निकालेको हो ।

बुधवार सार्वजनिक मत परिणामअनुसार सभापति पदमा नेविसंघका मोहम्मद नौसाद आलमले १ हजार १ सय ७४ मत पाएर निर्वाचित भए। उनका निकटतम प्रतिस्पर्धी अनेरास्ववियुका दामोदर उप्रेतीले २०३ मत मात्र प्राप्त गरे। त्यस्तै अखिल (क्रान्तिकारी) का अजय पटेलले १७० मत प्राप्त गरे ।

यसरी सचिव पदमा नेविसंघका शाहिल पुरी १ हजार १ सय २८ मत ल्याउँदा उनका प्रतिस्पर्धी अनेरास्ववियु समाजवादीका शुभ श्रेष्ठले २३१ मत मात्र ल्याए । यहाँ अनेरास्ववियु र अनेरास्ववियु समाजवादीले गठबन्धन गरी चुनाव लडेका थिए। त्यस्तै अखिल (क्रान्तिकारी) की सुस्मिता घलानले १८७ मत पाइन् ।

कोषाध्यक्ष पदमा पनि नेविसंघकै सम्झना कुमारी चौधरीले १ हजार १ सय ४८ मत प्राप्त गर्दै जित दर्ता गराइन्। उनकी निकटतम अनेरास्ववियुका अभिशेष चौधरीले २११ मत मात्र ल्याए भने अखिल (क्रान्तिकारी) की अनिषा चौधरीले १८१ मत पाइन् ।

सदस्य पदमा पनि नेविसंघले आफ्नो वर्चस्व कायम राख्यो ।

विकास कुमार दास, आर्जु भट्टराई, रोहन श्रेष्ठ, पुष्पा कार्की, ऋतिक सिंह, रोजिना कुमारी काफ्ले, र सुशील कुमार पहरी विजयी भए।

यस्तै समानुपातिकतर्फ नेविसंघले ११२९, अनेरास्ववियुले २४१, अनेरास्ववियु समाजवादीले ९९ र अखिल क्रान्तिकारीले २०२ मत पाएको छ ।
निर्वाचन अधिकृत विनोद प्रसाद तिमल्सिनाका अनुसार २ हजार ९५४ मतदाता रहेकोमा यहाँ १ हजार ६८७ मत खसेको थियो ।

सम्बन्धित समाचार

सबै