एसईईमा मोबाइलबाट चिट चोराउने एक परीक्षा केन्द्रका निरीक्षक निष्कासित

सिरहा । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा चिट चोराएको आरोपमा सिरहाको कर्जन्हा परीक्षा केन्द्रका एक निरीक्षकलाई निष्कासन गरिएको छ।

आज भइरहेको विज्ञान विषयको परीक्षामा अमर्यादित गतिविधि गरेको भन्दै शिक्षक सुनिल कुमार लामालाई निस्कासन गरिएको हो।

निरीक्षक आफै परीक्षार्थीलाई चिट चोराउन सक्रिय रहेको भेटिएकाले तत्काल केन्द्राध्यक्षलाई निस्कासन गरिएको जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख दीपक कोलोनीले जानकारी दिए।

उनका अनुसार परीक्षामा परीक्षार्थीलाई गेसपेपर, मोबाइल छिराएर चिट चोराउन सहयोग गरेकाले हाललाई निस्कासन गरिएको छ। उनीमाथि थप कारबाही हुने कोलोनीले बताए।

लामा जनता आधारभूत विद्यालय कर्जन्हा-४ भुल्केका शिक्षक हुन्। यस परीक्षा केन्द्रमा जिल्लाकै सबैभन्दा महँगा निजी विद्यालय स्वस्तिक पाठशाला, मिर्चैया र नेपाल राष्ट्रिय फूलकुमारी महतो माध्यमिक विद्यालयको परीक्षा केन्द्र परेको छ।

सिरहामा ५० वटा परीक्षा केन्द्र रहेका छन्। परीक्षामा १० हजार सात सय तीन जना परीक्षार्थी सहभागी छन्।

सम्बन्धित समाचार

सबै