कुलमान हटाएको विरोधमा लालबन्दीमा प्रदर्शन

लालबन्दी : नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई बर्खास्त गरेको विरोधमा लालबन्दीमा प्रदर्शन भएको छ।

लालबन्दी नगर विकास जनचासोको आयोजनामा विरोध प्रदर्शन भएको हो।

मंगलबार साँझ लालबन्दीका युवा तथा कुलमान समर्थकहरूले टुकी बत्तीसहित डुमडुमे मन्दिरबाट जुलुस निकालेर सरकारको विरोध जनाएका हुन्।

विरोधसँगै उनीहरूले सरकारविरोधी नाराबाजीसहित नगर परिक्रमा गरेका थिए। विरोध प्रदर्शनका क्रममा प्रदर्शनकारीहरूले भ्रष्ट माफिया सरकार होशियार, कुलमानलाई तुरुन्त पुर्नवहाली गर जस्ता नारा लगाएका थिए।

सम्बन्धित समाचार

सबै