
लालबन्दी : नेकपा एमाले लालबन्दी नगर कमिटीको अध्यक्षमा उज्वल कार्की निर्वाचित भएका छन् ।
लालबन्दी नगरपालिकास्थित मदनआश्रित भवनमा सम्पन्न मतगणनमा कार्कीले कुल २९९ मतमध्ये १६५ मत ल्याएर निर्वाचित भएका हुन् । कार्कीले अध्यक्षका अर्का प्रतिस्पर्धी प्रेमप्रसाद आचार्य उमेशलाई ४७ मतले पराजित गरेका हुन् ।
नगर कमिटी अध्यक्षका लागि आइतबार निर्वाचन भएको थियो । निर्वाचित कार्की नेकपा एमाले जिल्ला कमिटी सदस्यका साथै लालबन्दी नगरपालिका वडा नम्बर ६ का पूर्ववडाध्यक्ष हुन् ।
युवापंक्तिमाझ लोकप्रिय नेता कार्की लालबन्दीमा विकासप्रेमी नेताका रूपमा परिचित छन् ।