रौतहटबाट पेस्तोल र ९० किलो गाँजासहित एक युवक पक्राउ

रौतहट : रौतहटमा कटुवा पेस्तोल, गोली र लागुऔषध गाँजासहित एक युवक पक्राउ परेका छ्न्।

भारतीय सीमासँग जोडिएको ईशनाथ नगरपालिका-१ बन्जरहा झुलुङगे पुलबाट कटुवा पेस्तोल १ थान, गोली ४ राउण्ड र ९० किलो लागूऔषध गाँजासहित गौर नगरपालिका-४ टिकुलियाका २१ वर्षीय सावन गिरीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो।

प्रहरीलाई देखेपछी टाउकोमा बोकेको गाँजा फालेर भागेका गिरिलाई लखेटेर पक्राउ गरेको हो।

प्रहरीले खानतलासी गर्दा गिरीको पाईन्टको गोजीमा ८ एमएमको गोली लोड अवस्थामा कटुवा पेस्तोल र ३ राउण्ड सोही पेस्तोलमा लाग्ने गोली बरामद भएको प्रदेश प्रहरीका सूचना अधिकारी एसपी ठाकुर प्रसाद पोखरेलले जानकारी दिएका छ्न्।

बरामद गाँजा, पेस्तोलसहित पक्राउ परेका गिरीमाथि लागुऔषध तथा हातहतियार खरखजाना सम्बन्धी मुद्दा दायर गरी जिल्ला अदालत गौरबाट म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

सबै