बागमतीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु

लालबन्दी : सर्लाही र रौतहटको सिमानामा पर्ने बागमती नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ।

बागमतीको किनारमा नदीजन्य पदार्थ उत्खनपछि बनेको करिब ५-६ फिटको खाडलमा जमेको पानीमा डुबेर युवकको मृत्यु भएको हो।

वृन्दावन नगरपालिका-१, तामाङबस्तीका १८ वर्षीय अर्जुन प्रजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ।

अत्यधिक गर्मी भएपछि नुहाउन युवक नजिकको बलेरीस्थित बागमतीमा पुगेको थिए।

शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको छ भने घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

सबै