लालबन्दीबाट २४४ किलो गाँजा बरामद, धानको भुसा हाल्ने बोरामा लुकाएर लैजाँदै थिए

लालबन्दी : सर्लाहीको लालबन्दीबाट प्रहरीले ठुलो परिमाणमा लागुऔषध गाँजा बराबद गरेको छ ।

बुधबार राति सवा ११ बजे सिन्धुलीको मरिनखोलाबाट लालबन्दीतिर ल्याइँदै गर्दा इलाका प्रहरी कार्यालय लालबन्दीले २४४ किलो गाँजासहित बोलेरो चालकलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्ने चालक सोही नगरपालिका–१ नवलपुरका २५ वर्षीय सुशील चौधरी रहेका छन् ।

विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लालबन्दीका इन्सपेक्टर सुजन पाठक र लालबन्दी नगरपालिका–११ हीरापुरमा रहेको प्रहरी चौकी पत्थरकोटबाट खटिएको टोलीले सोही नगरपालिका–१३ पत्थरकोट चोकबाट बा. २० च. १७८२ नम्बरको बोलेरो गाडीसहित चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।

धानको भुसाको बोरामा लुकाएर रातो प्लास्टिकमा प्याक गरिएका ४५ पोका अर्थात् २४४ केजी गाँजा प्रहरीले पक्राउ गरेको हो ।

गाँजा र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि इलाका प्रहरीमा राखिएको छ ।

गाँजा बरामद भएको उक्त स्थान इप्रका लालबन्दीबाट अन्दाजी पाँच किलोमिटर उत्तरमा पर्छ ।

सम्बन्धित समाचार

सबै