लालबन्दी : सर्लाहीमा नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।
कविलासी नगरपालिका-७ गैर चोकस्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ३० वर्षीय इन्द्रजित महराको मृत्यु भएको हो।
बिहीबार राति मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको हो।
हाल फरार मोटरसाइकल र चालकको प्रहरीले खोजी गरिरहेको छ।