लखन्देही पुलमुनि बालुवामा अनुहार घोप्टिएको अवस्थामा शव फेला

लालबन्दी : पूर्वपश्चिम राजमार्गस्थित सर्लाहीको लखन्देहीस्थित झोलुङ्गे पुलमुनि एक व्यक्ति मृत फेला परेका छन् ।

मृतक व्यक्ति लालबन्दी नगरपालिका वडा नम्बर २ का स्थानीय ४५ वर्षीय लक्ष्मण महतो रहेका इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ । आइतबार बिहान स्थानीयले उक्त ठाउँमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी बिहान ६ बजे उक्त ठाउँमा पुगेर शव उठाएको थियो ।

पुलमुनि शव घोप्टो अवस्थामा बालुवामा अनुहार गाडिएको अवस्थामा फेला परेको प्रहरीको भनाइ छ । इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरिक्षक सुजन पाठकका अनुसार पुलबाट खसेर उनको मृत्यु भएको आशंका गरिएको छ ।

घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको उनले बताए । शवलाई पोस्टमार्टका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ ।

सम्बन्धित समाचार

सबै