बागमती : सर्लाहीको बागमती नगरपालिका-१२ स्थित निर्माणाधीन बागमती माछा पोखरी (भरत ताल) मा डुबेर एक पुरुषको मृत्यु भएको छ।
मृत्यु हुनेमा सोही नगरपालिका ४ जिरायत बस्ने ६७ वर्षीय पाले सार्कीको तालमा डुुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिवनले जानकारी दिएको छ । सार्कीलाई तालमा मृत अवस्थामा देखेपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए ।
प्राय घरमा नबस्ने सार्की अत्यधिक गर्मी भएपछि पौडी खेल्न तालभित्र पस्दा डुबेर मृत्यु भएको हुनसक्ने प्रहरीको आशंका छ ।
मृतकको शव प्रादेशिक अस्पताल मलंगवामा पोष्टमार्टमपछि परिवारले बुझेका छ्न् ।
घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।