लालबन्दी : सर्लाहीको लालबन्दीस्थित एक होटलमा काम गर्दै आएकी युवतीको शव फेला परेको छ ।
लालबन्दी नगरपालिका वडा नम्बर ६ स्थित पूर्वपश्चिम राजमार्गसँगै जोडिएको गोर्खा होटलमा काम गर्दै आएकी अन्दाजी १८ वर्षीय अनिसा वाइवाको शव बिहीबार दिउँसो होटलमै भेटिएको हो ।
लालबन्दी नगरपालिकाकै नारायणखोला घर भएकी वाइवाको शव होटलको चौथो तलामा नाइलनको डोरीले घाँटीमा बेरिएर झुण्डिएको अवस्था फेला परेको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।
उनी उक्त होटलमा कुकको काम गर्दै आएकी थिइन् । घटनाबारे मुचुल्का उठाएर पोस्टमार्टमका लागि शव पठाउने तयारी गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।