सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका २ भेल्ही फुलजोरस्थित सडकमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृतक सोही स्थानका ५० वर्षीय राम प्रताप पण्डित हुन् ।
बिहीबार बिहान उपचारका क्रममा वीरगञ्जस्थित एलएस न्यूरो अस्पतालमा पण्डितको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
उनलाई गएराति बीआर ३० डब्लु ३२५२ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका पण्डितको अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो ।
दुर्घटनामा परेका मोटरसाइकल चालकसहित दुई जना घाइते भएका छन् । उनीहरूको पनि वीरगञ्जस्थित एलएस न्यूरो अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।