काभ्रेमा करेन्ट लागेर ईश्वरपुरका युवकको मृत्यु

बयलबास : काभ्रेमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर-७ स्थित सन्जिवनी चोकमा विद्युत पोलमा काम गरिरहेका एक जना मजदुरको करेन्ट लागेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मीन बहादुर घलेका अनुसार करेन्ट लागेर  ईश्वरपुर नगरपालिका-१२ घारिबथान बस्ने वर्ष २८ को उपेस परियारको मृत्यु  भएको हो।

शनिवार बिहान साढे ११ बजेको समयमा काभ्रेको धुलिखेल-७ स्थित सञ्जीवनी चोकमा ११ हजार भोल्टको हाइटेन्सन लाइनमा बिजुलीको पोलमा चढी काम गरिरहेको अवस्थामा परियारलाई अचानक करेन्ट लागेको हो ।

घटनाको अनुसन्धानका लागि प्रहरी टोली खटिएको छ र शवलाई पोस्टमार्टमका लागि धुलिखेल अस्पताल  पठाइएको छ।

सम्बन्धित समाचार

सबै