लालबन्दीमा बसले म्याजिकलाई ठक्कर दिँदा एक जनाको मृत्यु, ८ जना घाईते

लालबन्दी : सर्लाहीको लालबन्दीमा बसले म्याजिकलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने ८ जना घाईते भएका छन्।

मृत्यु हुनेमा जिल्लाको लालबन्दी नगरपालिका-१७, रानिगंजकी २२ बर्षिया सोना पन्त रहेकी छन्।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको मोडेल अस्पताल लालबन्दीमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ। दुर्घटनामा घाईते भएका अन्य आठ जनाको सोहि अस्पतालमा उपचार भईरहेको छ।

आज दिउँसो लालबन्दी नगरपालिका-१७, रानिगंज (घिमिरे चोक) मा बिराटनगरबाट मलंगवातर्फ आउँदै गरेको ना. ६ ख. ७२२७ नम्बरको बसले बिपरित दिशाबाट जाँदै गरेको ना. १ ज. २६४५ नम्बरको म्याजिकलाई ठक्कर दिएको थियो।

दुर्घटनामा परेका दुवै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको र बस चालक फरार रहेको तथा घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

सबै