लालबन्दी : सर्लाहीको लालबन्दी नगरपालिका–१४ डाइनी खोलाबाट करिब ११२ किलो अवैध लागूऔषध गाँजासहित एक व्यक्ति पक्राउ परेका छन्।
सोही नगरपालिका–१४ बस्ने ४२ वर्षीय सोमबहादुर तामाङलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय लालबन्दी र प्रहरी चौकी पत्थरकोटबाट
खटिएको प्रहरीले डाइनी खोलामा रोकी राखेको बिआर ३२ एएन ०८१७ नम्बरको स्कारपियो र लु. ३३ प. ३८९४ नम्बरको मोटरसाइकललाई जाँच गर्न खोज्दा प्रहरी टोलीलाई देख्नासाथ तीनजना फरार भएका थिए।
सोम बहादुरलाई भने नियन्त्रणमा लिई स्कारपियो तलासी गर्दा डिकीभित्र प्लाष्टिकमा प्याकिङ गरी राखेको २१ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला परेको प्रहरीले जनाएको छ।