भरत थापा खनिए मिडियामाथि, जथाभावी लेखेको भन्दै सिकाए पत्रकारिता

हरिवन : बागमती नगरपालिकाका मेयर भरत थापा मिडियामाथि खनिएका छन् ।

नगरापालिकाको करोडौं रकम हिनामिना गरेको आरोपमा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पटक पटक विभिन्न शीर्षकमा मुद्दा चलाएपछि त्यसबारे मिडियाहरूले गरेको रिपोर्टिङप्रति उनले कडा शब्दमा आज सामाजिक सञ्जालमा लेखेका छन् ।

संवेदनशील विषयमा समेत केही राष्ट्रिय भनिएका मिडिया हाउसेसले तथ्य र प्रमाणभन्दा भावनामा बहकिएर बनावटी कथा बुनेर वास्तविक तथ्यलाई अप्रमाणित रिपोर्टिङ गरेको उनको आरोप छ ।
उनले सामाजिक सञ्जालमा तीव्र असन्तोष व्यक्त गर्दै सोधेका छन्, ‘के मिडिया नै अदालत हो ?’

सम्बन्धित टेलिभिजनले आफ्नो बाइट नराखेको स्थलगत दृश्य प्रस्तुत नगरेको र मात्र चिच्याएर बोलेको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका हुन् ।

खासगरी टेलिभिजनले आफ्नो बदनामी हुनेगरी शब्दको जाल बुनेर पत्रकारिताको मूल मर्मलाई बिर्सिएर आफ्नो आलोचना मात्र गरेको उनले लेखेका छन् ।

‘न्यायाधीश हुन् ती पत्रकार ?’ उनले फेसबुकमा लेखेका छन्, ‘के अहिलेचाहिँ भ्रम उजागर भयो ? के अदालत हो, टेलिभिजनहरुले शब्द प्रयोगको पनि हेक्का राख्नुपर्छ नि । कथा, साहित्य होइन, पत्रकारिता । न्यायाधीश हुन्, त्यो टेलिभिजनका पत्रकार ? जनताको विश्वास जित्नका लागि कन्टेन्टमा विश्वसनीयता चाहिन्छ । शब्दजाल होइन ।

यस्तो छ उनले सामाजिक सञ्जालमा राखेको पोस्ट

सम्बन्धित समाचार

सबै