नेपाली सेनाको सहयोगमा चन्द्रनगरमा निःशुल्क स्वास्थ्य शिविर हुने

ईश्वरपुरः सर्लाहीको चन्द्रनगर गाउँपालिका निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ।

जेठ ५ गते शनिबारका दिन गाउँपालिकाको वडा नम्बर ७ स्थित नाढीमन ताल परिसरमा गाउँपालिकाको सहयोग तथा नेपाली सेनाको श्रीमध्य पूर्वी पृतना हेडक्वार्टर, श्री नम्बर ९ बाहिनी अड्डा, श्री भैरवीदल गण पञ्चकुमारी ब्यारेकको आयोजनामा शिवर बस्न लागेको हो।

शिविरमा फिल्ड अस्पताल बर्दिवास, नगर अस्पताल लालबन्दी, सर्लाही इमेजिङ्ग एण्ड डाइगोनोस्टिक सेन्टर लालबन्दी र सत्यनाम हस्पिटल नवलपुरले सहकार्य गर्ने भएका छन्। शिविर शनिबार बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म एक दिन हुने गाउँपालिकाले जनाएको छ।

निःशुल्क बस्ने स्वास्थ्य शिविरमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा, बाल रोग विशेषज्ञ सेवा, मनोचिकित्सक विशेषज्ञ सेवा, दन्त रोग विशेषज्ञ सेवा, जेनेरल बहिरंग सेवालगायत भिडियो एक्सरे पनि हुने श्री भैरवीदल गण पञ्चकुमारी व्यारेकले जानकारी दिएको छ।

सम्बन्धित समाचार

सबै