
जनकपुरधामः धनुषामा स्कुल बस र मोटरसाइकल आपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ।
दुर्घटनामा मोटरसाइकल चालक विदेह नगरपालिका ७ का २० वर्षीय सन्तोष यादवको मृत्यु भएको हो।
धनुषा प्रहरीका अनुसार आज बिहान पौने ११ बजेतिर हुलाकी सडक खण्डअन्तर्गत विदेह नगरपालिका ७ जोगियारास्थित तिनकोरियाबाट औरहीतर्फ आउँदै गरेको प्रदेश २ ००२ ००४ प ३७८२ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फबाट जाँदै गरेको ना४ख ५७० नम्बरको लर्ड गणेश इङ्लिस बोर्डिङ स्कुलको बस ठोक्किएका थिए।
बसको ठक्करबाट गम्भीर घाइते भएका यादवलाई उपचारका लागि जनकपुर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।