जनमतले तराई मधेशमा प्रशिक्षण कार्यक्रम चलाउने, नआउनेलाई कारबाही

गोडैता : जनमत पार्टीले मधेश प्रदेशमा संघीय निर्वाचन क्षेत्रस्तरीय प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।

जेठ २२ गतेदेखि सुरु हुने कार्यक्रम सप्तरीदेखि पर्सासम्म आठ जिल्लाका ३२ वटै निर्वाचन क्षेत्रमा हुने जनाइएको छ ।

असार १२ गतेसम्म चल्ने उक्त प्रशिक्षण कार्यक्रमको संयोजन राष्ट्रिय परिषद्ले समन्वय गर्ने छ । कार्यक्रम राष्ट्रिय परिषद् समन्वय बैठकको रूपमा हुने र संगठन विभाग प्रमुख डा। जयकान्त राउत प्रमुख अतिथि रहने पार्टीले जनाएको छ ।

यस बैठकमा राष्ट्रिय परिषद्का सदस्य, प्रदेश सदस्य, जिल्ला इन्चार्ज, पालिका तथा वडास्तरीय अध्यक्ष र सचिवहरूको अनिवार्य सहभागिता रहने भनिएको छ । साथै सहभागीहरूले पछिल्ला तीन पटकसम्म बैठकको माइन्युटको फोटोकपी लिएर उपस्थित हुन पार्टीले अनिवार्य गरेको छ ।

निर्धारित मिति र स्थानमा उपस्थित नहुने वडा इकाइहरूलाई निष्क्रिय ठहर गरी पुनर्गठन प्रक्रिया बढाइने पनि पार्टीले चेतावनी दिएको छ ।

‘जय जनमत, जय स्वराज’ नारासहित बढाइएको यो अभियान पार्टी संगठन सुदृढीकरण तथा नीतिगत छलफलका दृष्टिले महत्वपूर्ण हुने पार्टीले अपेक्षा गरेको छ ।

सम्बन्धित समाचार

सबै