रौतहट : रौतहटको चन्द्रपुर नगरपालिका–१, मंगलपुरमा गाडीले ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका अनुसार बिहीबार (आज) बिहानै भएको उक्त दुर्घटनामा मंगलपुरका ३५ वर्षीय बुद्ध लिम्बुको मृत्यु भएको हो ।
लिम्बुलाई पहिचान नखुलेको गाडीले ठक्कर दिएको प्रहरीले जनाएको छ। दुर्घटनापछि स्थानीयले राजमार्ग अवरुद्ध पारेका छन् ।
मृतक लिम्बुको शव घटनास्थलमै रहेको स्थानीयले बताएका छन् ।