सप्तरीमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

सप्तरी : सप्तरीको रुपनी बजार आसपासको क्षेत्रमा विगत एक घण्टामा मध्यमदेखि भारी वर्षा भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार रुपानी बजार आसपासको क्षेत्रमा भारी वर्षा मापन गरिएको छ ।

वर्षापछि खान्दो लगायतका साना खोलाहरूमा बहाव बढ्न सक्ने अनुमान गरेको छ ।

तटीय क्षेत्र तथा डुबान भइरहने भू-भागमा रहेका स्थानीयलाई सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

सम्बन्धित समाचार

सबै