लालबन्दी : मधेश सरकारको बजेट पारित भएको छ । आगामी आर्थिक वर्षको लागि मधेस सरकारले तयार पारेको बजेट मन्त्री परिषदको बैठकले पारित गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्ष २०८२ र ०८३ का लागि तयार पारिएको बजेट पारित भएको मुख्यमन्त्री सतिस सिंहले जनाए ।
उनका अनुसार आइतबार दिउँसोदेखि बसेको मन्त्रिपरिषद्को बैठकले ४७ अर्बभित्र रहेर बजेट ल्याउने निर्णय भएको हो ।
बजेट पारित भएसँगै अब प्रदेश सरकारको तर्फबाट अर्थमन्त्रीले सदनमा बजेट प्रस्तुत गर्नेछन् ।