रौतहट : रौतहटमा मोबाइल चार्ज गर्ने क्रममा विद्युतीय करेन्ट लागेर एकजना महिलाको मृत्यु भएको छ।
मृत्यु हुनेमा राजपुर नगरपालिका–३ डमार पोखरीयाकी ३५ वर्षीय गुलनाज खातुन रहेको जिल्ला प्रहरी रौतहटले जानकारी दिएको छ।
बुधबार दिउसो साढे ३ बजेको आफ्नै घरमा मोबाइल चार्जमा लगाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी खातुनलाई प्रादेशिक अस्पताल गौरमा उपचारको लागि लैजाँदा साँझ ५ बजे डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। मृतक खातुन गर्भवती रहेको प्रादेशिक अस्पताल गौरका मेसु डाक्टर मुरारी ठाकुरले बताएका छन्।
मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको तथा घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।