सिरहा : हुलाकी राजमार्गमा साइकल र मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु

सिरहा : पूर्व–पश्चिम हुलाकी राजमार्ग अन्तर्गत सिरहामा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।

सिरहा नगरपालिका १८ सनहैठातर्फबाट पश्चिम गईरहेको प्र.२–०१–००३ प ३२२० नम्वरको मोटरसाइकलले विरित दिशाबाट आईरहेको साइकललाई ठक्कर दिंदा मोरसाइकल र साइकलमा सवार तीनैजनाको मृत्यु  भएको हो।

दुर्घटनामा मोटरसाइकल चालक कल्याणपुर १२ का २९ वर्षिय नरेश मुखिया, मोटरसाइकल पछाडी वसेका सुखिपुर नगरपालिका ८ घर भई कल्याणपुर २ बस्दै आएका प्रदिप मुखिया र साइकलमा सवार सिरहा नगरपालिका १८ का ६५ वर्षिय कुशे भन्ने कुशेश्वर रायको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिएको छ।

दुर्घटनामा परी गम्भीर घाइते भएका तिनै जनाको प्रादेशिक अस्पताल सिरहामा उपचारको क्रममा मृत्यु भएको हो।

शव पोष्ट मार्टमको लागि प्रादेशिक अस्पताल सिरहामै राखिएको छ भने घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

सबै