काठमाडौंबाट महोत्तरीका लागी छुटेको बस रौतहटमा दुर्घटना, १० जना घाइते

लालबन्दी : पूर्वपश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका–२ मा काठमाडौंबाट महोत्तरीको भिठ्ठामोडका लागी छुटेको बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।

काठमाडौंबाट महोत्तरीतर्फ आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ५२१६ नम्बरको को आज बिहान साढे चार बजेतिर आफैं अनियन्त्रित भई दुर्घटना भएको हो ।

बस अनियन्त्रित भएर सडकबाट करिब ७ फिट तल खस्दा सात भारतीय नागरिकसहित १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।

बसमा २५ जना सवार थिए । घाइते हुनेहरुमा भारत सितामढी जिल्ला बस्ने वर्ष ४४ की रेखा देवी, वर्ष २२ की जहदेवी झा, वर्ष ११ का बिसु कुमार पटेल, दरभंगा जिल्ला बस्ने वर्ष २६ का मोहमद अमज र मोहमद अकिल छन् ।

यस्तै, वर्ष ३८ की नरगिस खातुन र वर्ष २ का आयस प्रतिक पनि घाइते भएको प्रहरीले जनाएको छ ।

यस्तै, धनुषाको क्षिरेश्वरनाथ नगरपालिका– १ का २३ वर्षीय अनुष्का निगम, जनकपुरका ३५ वर्षीया सन्तोषी ठाकुर र महोतरी जलेश्वर नगरपालिका ४ की ४३ वर्षीय पुनम ठाकुर पनि घाइते भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

सबै