लालबन्दी : धनुषामा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छ्न्।
विदेह नगरपालिका-५ स्थित सडकमा जनकपुरबाट कमलातर्फ जाँदै गरेको अन टेष्ट मोटरसाइकल सोमबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको हो ।
दुर्घटनामा मोटरसाइकलमा सवार शहिदनगर नगरपालिका-८ नाथपट्टी बस्ने ३० वर्षीय अजय मण्डलको घटनास्थलमै र गम्भीर घाइते भएका मोटरसाइकलमा सवार शहिदनगर नगरपालिका-८ विषरभोरा बस्ने २० वर्षीय अमित कुमार यादवको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ ।
दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको रामजानकी अस्पताल जनकपुरमा उपचार भइरहेको छ ।
मृतकको शव प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ भने घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।