सप्तरी : जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक (एसपी) ढकेन्द्र खतिवडालाई बागमती प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ ।
गाँजा मुद्दाका फरार आरोपीलाई पक्राउ नगर्ने सर्तमा जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत वरिष्ठ सई विश्वनाथ त्रिपाठीले रकम लिएको आरोप छ । फरार आरोपी जोगानन्द मण्डल ‘बुधन’ लाई पक्राउ नगर्ने सर्तमा उनका भाइ अखिलेश मण्डलसँग त्रिपाठीले ४ लाख रुपैयाँ लिएको घटनाबारे मधेस प्रदेश प्रहरी कार्यालयले छानबिन गरिरहेको छ ।
छानबिनका लागि नेपाल प्रहरी प्रदेश कार्यालय वीरगञ्जका प्रमुख एसएसपी शान्तिराज कोइरालाको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ।
खतिवडाको सरुवासँगै सप्तरी प्रहरी प्रमुखको जिम्मेवारी एसपी गौतम केसीलाई दिइएको छ।