रौतहटमा सेफ्टी ट्यांकीमा खसेर दुई बालबालिकाको मृत्यु

चन्द्रपुर : रौतहटको चन्द्रपुर नगरपालिका-१० सेफ्टी ट्यांकीमा खसेर दुई बालबालिकाको मृत्यु भएको छ।

निबुवाटोलका गरिमा साहका छोरा एक वर्षीय रञ्जे साह र जगदीश साहकी एक वर्षीया छोरी खुश्बुको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार उनीहरू खेल्ने क्रममा मंगलबार साँझ स्थानीय हृदय पासवानको शौचालयको सेफ्टी ट्यांकीमा खसेका थिए।

उनीहरूलाई उपचारका लागि चन्द्रनिगाहपुरस्थित सरकारी अस्पताल लगिएकोमा त्यहाँ चिकित्सकले सवा ८ बजेतिर मृत घोषणा गरेका थिए। हाल दुवैजना बालबालिकाको शव पोस्टमार्टमका लागि सोही स्वास्थ्य केन्द्रमा राखिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

सबै