लालबन्दी : सप्तरीमा एक युवकको बीभत्स हत्या भएको छ।
राजगढ गाउँपालिका–४ प्रिपाहीमा घाँटी रेटी हत्या भएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ।
डाक्नेश्वरी नगरपालिका–८ का ३२ वर्षीय राजकुमार खंगको हत्या भएको अवस्थामा बिहीबार शव फेला परेको हो।
हत्या भएको अवस्थामा स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना पाएलगत्तै जिल्ला प्रहरी कार्यालय सप्तरीको टोली घटनास्थल पुगेका थिए।
मृतकको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको छ।
मधेस प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुरसहित घटना अनुसन्धानको लागि टोली खटाइएको छ।