बागमतीमा परालको भुसभित्र लुकाइ ल्याइएको ८२० किलो काजुसहित ट्रक चालक पक्राउ

बागमती : प्रहरीले सर्लाहीको बागमति नगरपालिका वडा नम्बर–१२ बाट भन्सार छलेर ल्याएको ८२० केजी काजु बरामद गरेको छ ।

आइतबार मदनपुरबाट काठमाडौंतर्फ जाँदै गरेको ग.२ ख १४१८ नम्बरको मिनिट्रकबाट १२ लाख ३० हजार मुल्य पर्ने काजु बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय कर्मैयाबाट खटिएको प्रहरी नायव निरिक्षक सुभाष यादव नेतृत्वको टोलीले मिनिट्रक चालक बरहथवा घर भएका ५६ वर्षीय राजवंशी झा लाई पक्राउ गरेको छ ।

परालको भुसमा लुकाएर ट्रक चालकले भारतबाट भन्सार छलेर सो काजु लिएर आएका थिए ।

सम्बन्धित समाचार

सबै