सर्लाहीमा प्रहरीद्वारा ठूलो मात्रामा घरेलु मदिरा नष्ट

मलंगवाः सर्लाहीका विभिन्न स्थानमा बनाइएका घरेलु मदिरामाथि प्रहरीले एक्सन लिएको छ। जिल्लाका विभिन्न स्थानमा सञ्चालित घरेलु मदिराका भट्टीमा छापा मारेर नष्ट गरेको छ।

विष्णु गाउँपालिका र गोडैता नगरपालिकाका विभिन्न स्थानका घरेलु रक्सी बनाउने भट्टी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

उक्त गाउँपालिकाको वडा नम्बर ३ का विभिन्न स्थानमा सञ्चालित अवैध मदिरा भट्टी, त्यसबाट उत्पादित तयारी मदिरा र रक्सी बनाउने कच्चा पदार्थ नष्ट गरिएको प्रहरीले जनाएको छ।

विष्णु गाउँपालिकामा घरेलु मदिरा बनाउन प्रयोग गरिने ७ सय लिटर कच्चा पदार्थसहित भाँडाकुडा नष्ट गरिएको प्रहरीले जनाएको छ। त्यस्तै गोडैताका विभिन्न स्थानमा मदिरा बनाउन प्रयोग हुने १ हजार लिटर कच्चा पदार्थका साथै ३ सय लिटर तयारी मदिरा र सामग्रीहरू नष्ट गरिएको छ।

सम्बन्धित समाचार

सबै