सर्लाहीबाट स्रोत नखुलेको रकमसहित एक जना पक्राउ

मलंगवा : सर्लाहीबाट स्रोत नखुलेको रकमसहित एक जना पक्राउ परेका छ्न्।

मलंगवा नगरपालिका–८ सीमा ईलाकाबाट १४ लाख नेपाली रुपैयाँसहित सोही नगरपालिका वडा नम्बर २ बस्ने ३६ वर्षीय ईन्द्रजित प्रसाद साहलाई नियन्त्रणमा लिइएको हो ।

भारतबाट बीआर ३० के ४००९ नम्बरको मोटरसाइकलमा नेपालतर्फ आउँदै गरेका उनलाई सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म मलंगवा र भन्सार कार्यालयको संयुक्त टोली उक्त रुपैयाँसहित नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका साह र बरामद रुपैयाँ तथा मोटरसाइकलसहित आवश्यक अनुसन्धानको लागि सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

सबै