गोडैता : धनुषामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
मिथिला बिहारी नगरपालिका–४ रमौलस्थित सडकमा भएको दुर्घटनामा हंसपुर नगरपालिका–४ मधुकरी बस्ने ३० वर्षीय उदय राउतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ।
शनिबार राति रमौलबाट ललियातर्फ आउँदै गरेको मधेस प्रदेश–०२–००५ प ८८४२ नम्बरको मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो।
दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।