सर्लाहीका विजय बराललाई उत्कृष्ट अभिनेताको अवार्ड

लालबन्दी : कलाकार विजय बराल उत्कृष्ट अभिनेता ठहरिएका छन् ।

चलचित्र विकास बोर्डको आयोजनामा सोमबार राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा राष्ट्रपतिको कार्यालय शीतल निवासमा आयोजित ‘राष्ट्रिय चलचित्र पुरस्कार २०८२’ समारोहमा बरालले फिल्म पूर्ण बहादुरको सारङ्गीबाट यो अवार्ड हात पारेका हुन् । बराल सर्लाहीको लालबन्दी निवासी हुन् ।

त्यस्तै उपसना सिंह ठकुरीले फिल्म ’खुस्माुबाट उत्कृष्ट अभिनेत्रीको अवार्ड पाएकी छन् ।

२०८१ सालमा प्रदर्शनमा आएका फिल्मबाट बाँडिएको पुरस्कारमा उत्कृष्ट निर्देशक चलचित्र ’साम्बालाुबाट मीन बहादुर भाम बने ।

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी सभापति र सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ विशेष अतिथिको रूपमा समारोहमा नेपाली चलचित्र क्षेत्रका दिज कलाकार, निर्माता, निर्देशक तथा पत्रकारहरूको सहभागिता थियो ।

सम्बन्धित समाचार

सबै