सर्लाहीबाट निर्वाचित मन्त्री हरि उप्रेतीको कति छ सम्पत्ति ?

देखाएनन् नगद, १६ लाखको गाडी

काठमाडौँ :  सर्लाही क्षेत्र नम्बर ३ बाट निर्वाचित रक्षामन्त्री हरि उप्रेतीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्।

काठमाडौँ महानगरपालिका वडा नम्बर ३१ दीर्घायु टोलमा बसोबास गर्दै आइरहेका मन्त्री उप्रेतीको सर्लाहीमा साढे १५ कट्ठा पुर्ख्यौली जग्गा रहेको विवरणमा उल्लेख गरेका छन्।

विवरणअनुसार श्रीमतीको नाममा साढे १५ कट्ठा, छोराको नाममा २० कट्ठा जग्गा रहेको छ।

यस्तै २५ तोला सुन रहेको उनले विवरणमा देखाएका छन्। यस्तै १६ लाखको गाडी रहेको मन्त्री उप्रेतीले सम्पत्ति विवरणमा देखाएका छन्। उनले नगद भने विवरणमा देखाएका छैनन्।

सम्बन्धित समाचार

सबै