कौडेना : सर्लाहीको कौडेना गाउँपालिका वडा नम्बर २ मा अवस्थित इनर्वा टोलमा रहेको विष्णु भगवान् श्रीहरिको मूर्तिको फोटो समावेश भएको हुलाक टिकट प्रकाशन गरिएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले शुक्रबार हुलाक सेवा विभागद्वारा आयोजित कार्यक्रममा उक्त मूर्तिको फोटोअंकित टिकटमा टाँचा लगाएर प्रकाशित गरेका हुन् । रु १० को हुलाक टिकटको मूर्ति प्रकाशनमा ल्याइएको हो ।
गाउँपालिकाका अध्यक्ष रुपेश कुमारले आफ्नो गाउँमा रहेको भगवानको फोटोअंकित टिकट प्रकाशनमा आएपछि गाउँपालिकाको तर्बबाट आभार प्रकट गर्दै शुभकामना भनेका छन् ।
उक्त मूर्ति १२औं १३औँ शताब्दीतिर बनेको विश्वास गरिन्छ ।
उनले फेसबुकमा लेखेका छन् –
हाम्रो कौडेना गाउँपालिका वार्ड नं २ इनर्वा टोल मा अवस्थित रहेका भगवान श्री हरि विष्णु को मूर्ति आज मिति २०८२ चार महिना १६ गते हुलाक सेवा विभागद्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथि नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्यू द्वारा भगवान विष्णुको मूर्तिलाई डाक टिकटमा टाँचा लगाएर प्रकाशित गर्नु भएको मा, माननीय मन्त्रीजी लगायत सम्पूर्ण टिमलाई कौडेना गाउँपालिका को तर्फबाट आभार प्रकट गर्दछु। जय श्री हरि विष्णु