सर्लाहीमा टायर गाडासँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु

हरिपुर्वा : सर्लाहीको हरिपुर्वा नगरपालिका–९ स्थित मिर्चैयामा टायरगाढासँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बा.५ प २२०८ नम्बरको मोटरसाइकल चालक अशोक यादव छन् ।

२१ वर्षीय यादवको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी सरोज राईले बताए । खिलागाउँबाट वसन्तपुरतर्फ जाँदै गरेको टायरगाडामा विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकल ठोक्किएको हो ।

घटनाको विषयमा स्थानीयले बुधवार बिहान मिर्चैया चोकमा टायर बालेर प्रदर्शन गरेका थिए । अहिले स्थिति सामान्य भएको डीएसपी राईले जानकारी दिए ।

सम्बन्धित समाचार

सबै