आज र भोलि मधेसका केही स्थानमा चट्याङसहित वर्षा हुने

काठमाडौँ : हाल नेपालमा स्थानीय, पश्चिमी वायु र विहार आसपास रहेको न्युनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। जसका कारण देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज कोशीलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधरणतया बदली रहने जनाइएको छ। त्यस्तै पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ र हावाहुरीसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको नियमित बुलेटिनमा उल्लेख छ।

आज राति कोशी र मधेस प्रदेशमा पनि आंशिकदेखि साधरणतया बदली रहने मौसम बुलेटिनमा उल्लेख गरिएको छ। कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ।

त्यस्तै भोलि पनि कोशी र मधेस प्रदेश लगायत देशको पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

सम्बन्धित समाचार

सबै