नागरिकता दुरुपयोगका अभियुक्त सिरोहिया धनुषा प्रहरी कार्यालयमा उपस्थित

जनकपुरधामः नागरिकता कीर्तेमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जिल्ला प्रहरी कार्यालय धनुषामा उपस्थित गराइएको छ।

सिरोहियालाई हिजो उनकै थापाथलीस्थित कान्तिपुर दैनिकको कार्यालयबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो।

सिरोहियाविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा दोहोरो नागरिकता लिएको उजुरी परेको थियो । सिरोहियाविरुद्ध सर्लाही निवासी इन्द्रजितप्रसाद महतोले प्रहरीमा उजुरी दिएका थिए।

जिल्ला अदालतले मंगलबार उनका नाममा पक्राउ पुर्जी जारी गरेको थियो ।

सिरोहियाले आफूविरुद्ध परेको उजुरी खण्डन गर्दै आवश्यक भए अनुसन्धान गर्न चुनौती दिएका थिए। उक्त उजुरीबारे जिल्ला प्रहरी कार्यालयले अनुसन्धान अघि बढाएको थियो। उक्त अनुसन्धान बढेपछि प्रहरीले सिरोहियालाई पक्राउ गर्न जिल्ला अदालत धनुषाले मंगलबार प्रहरीलाई अनुमति दिएको थियो।

सिरोहियाले हिमालय रिइन्स्योरेन्स कम्पनीको शेयर लगत लिने क्रममा उद्योग विभागमा दिएको निवेदनसहित कागजमा नागरिकता नम्बर २८३९८८८६ रहेको थियो।

तर उनैले २०३३ सालमा जिल्ला प्रशासन कार्यालय धनुषाबाट निकालेको नागरिकता नम्बर ३९६९८८८६ थियो। जसको पहिलो प्रतिलिपि २०५७ सालमा निकालिएको थियो।

सिरोहियाले लिएको नम्बरसहितको नागरिकता धनुषाका शिवजी साहु तेलीको नाममा पनि जारी भएको पाइएको छ। शिवजी र कैलाश दुवैको नागरिकता नम्बर एकै रहेको विवरण पनि मतदाता नामवालीमा भेटिएको थियो।

नागरिकता नम्बर टाइप गर्ने बेला गल्ती भएको मान्ने हो भने अर्को नम्बरको प्रश्न उठाइएको छ। कैलाश सिरोहियाले २०३३र३४ मा धनुषा जिल्ला प्रशासन कार्यालयबाट लिएको नागरिकताको नम्बर ३९६९८८८६ रहेको देखिन्छ। उनले उक्त नागरिकताको पहिलो प्रतिलिपि २०५७ मा बनाएका थिए।

जुन नागरिकता नम्बर सिरोहियाको छ, त्यही नम्बरको नागरिकता धनुषा जिल्ला प्रशासन कार्यालयबाटै शिवजी साहु तेलीका नाममा जारी भएको देखिन्छ। दुवै जनाको मतदाता नामावलीमा उल्लेखित नागरिकता नम्बर पनि एउटै रहेको देखिन्छ।

सिरोहिया पक्राउ परेपछि सञ्चार जगत र पत्रकारहरू दुई कित्तामा उभिन थालेका छन्। कतिपयले सिरोहिया पक्राउको कारण गृहमन्त्री रवि लामिछानेको व्यक्तिगत रिसिइबी मानेका छन् भने धेरैजसोले सरकारले कानुनअनुसार काम गरेको भन्दै खुसी व्यक्त गरेका छन्।

सम्बन्धित समाचार

सबै