बलारा : सर्लाहीमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।
बलरा नगरपालिका-११ छतौनामा बिआर ३० के ४६९४ भारतीय नम्बरको मोटरसाइकलले ठक्कर दिंदा स्थानीय ५५ वर्षीया चन्दादेवी बैठाको मृत्यु भएको हो। बैठा बलरा नगरपालिकाको कार्यपालिका सदस्य हुन् ।
मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएकी बैठालाइ उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पुर्याइएकोमा त्यहाँ चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मृतक बैठाको शव अहिले अस्पतालमै छ । दुर्घटनामा मोटरसाइकल चालक सोही ठाउँका ३५ वर्षीय जितेन्द्र ठाकुर समेत गम्भीर घाइते छन् । उनको प्रादेशिक अस्पताल मलंगवामा उपचार सम्भव नभएपछि थप उपचारका लागि वीरगन्ज पठाइएको प्रहरीले जनाएको छ ।